काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अब सरकारले हरेक कृषि उपजको न्युनतम समर्थन मूल्य तोक्ने बताएका छन् । मन्त्री भएपछि पहिलो पटक पत्रकार सम्मेलनकै आयोजना गरी उनले यस्तो बताएका हुन् । कृषि पेशामा घट्दै गएको आकर्षणको कारण नै कृषि व्यवसायमा मुनाफाको सुनिश्चिता हुन नसक्नु रहेको अध्ययनले देखाएको उनले बताए । कृषकलाई मुनाफाको सुनिश्चितता दिन सरकारले हरेक कृषि उपज तथा पशुपन्छी र माछाजन्य उत्पादनमा नाफा सुनिश्चित हुने गरी समर्थन मूल्य तोक्ने उनले बताए । उक्त समर्थन मूल्यमा किसानले नियम अनुसार नाफा राखेर बेच्न पाउने र त्यस्ता उत्पादन नकिकेको अवस्थामा सरकारले किन्ने ग्यारेन्टी गर्ने उनले बताए ।
कृषि क्षेत्रमा युवा किसान तथा व्यवसायीको आकर्षण बढाउन मन्त्री भुसाले ‘सरक्षित कृषि, सुनिश्चित बचत’ अभियान सञ्चालन गर्नेसमेत घोषणा गरेका छ्न् । यस अभियानअन्तर्गत उनले किसानलाई सिँचाइ, मल, विउविजन, प्रविधिलगायत विषयमा सहयोग गर्ने बताए । कृषि पेशा तथा व्यवसायमा संलग्न किसानलाई न्युनतम बचत हुने कृषि उत्पादनको व्यवस्था गर्न उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवाकाे टेवा, सस्तो र सुलभ ऋणको व्यवस्था, बाली तथा पशुपन्छी बिमा, न्युनतम बचतको गयारेन्टीजस्ता ५ आधारमा सरकारले सहयोग गर्ने बताए ।
कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब ४ महिनामा मन्त्री भुसालले गरेका कार्यगत तथा नीतिगत सुधारलगायत कामबारे उनले २१ बुँदामा प्रगति विवरणसमेत सार्वजनिक गरेका छन् ।
यस्ता छन् मन्त्री घनश्याम भूसालको कार्यकालमा भएका २१ बुँदे कार्य प्रगति
मन्त्री भुसालले पत्रकार सम्मेलनमा गरेको सम्बोधनको पूर्णपाठ यस्तो छः