काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले विश्वव्यापी माहामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सबैलाई व्यक्तिगत सावधानी अपनाउन आह्वान गरेको छ । संघका अध्यक्ष भूपेन्द्र गौतमले बिहीबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । दक्षिण एसियाका देशहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनले यसबाट बच्न सबैले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन आग्रह गरेका छन् । विश्वव्यापी रुपमा देखिएको महामारीबाट आफू बच्दै अरुलाई पनि बचाउन विज्ञप्तीमार्फत उनले आग्रह गरेका छन् ।
यसैबीच, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ सगरमाथा शाखाले आशन्न चौथो अधिवेशन तथा साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न साना/ठूला जमघट नगर्ने सरकारले नै आह्वान गरेको अवस्थामा ८ चैतमा आयोजना गर्ने भनिएको उक्त अधिवेशन तथा साधारणसभा स्थगित गर्ने निर्णय गरिएको संघको सगरमाथा शाखा अध्यक्ष रामाकान्त चौधरीले विज्ञप्ती जारी गरी जनाएका छन् ।
हालसम्म विश्वका १ सय ७६ देशमा फैलिसकेको कोरोना भाइरसको असर समग्र पशुपन्छी पालन व्यवसाय र यससँग सम्बन्धीत क्षेत्रमा समेत बढ्दै गएको छ ।
यस्ताे छ विज्ञप्ती: