नेपाल भेटेरीनरी एशोसिएशनका अध्यक्ष डा. श्रेष्ठलाई मातृ शोक

काठमाडौं । नेपाल भेटेरीनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलाई मातृ शोक परेको छ । सिरानचोक–८ जौबारी निबासी श्रेष्ठकी आमा माया श्रेष्ठको निधन भएको हो ।

मृतक श्रेष्ठका पति मानकाजी श्रेष्ठ, दुई छोराहरु शीतलकाजी र सुरेशकाजी छन् । नेकपाको सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ मृतकका देवर हुन् ।

श्रेष्ठको निधनप्रति भेट टाइम्स तथा भेट खबर परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ । साथै एनभिए अध्यक्ष श्रेष्ठलगायत शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।