काठमाडौं । दाङको लमहीमा साेमबार १३ हजार कुखुराको चल्ला नष्ट गरिएको छ । अवैध रूपमा ढुवानी गरिएको नियन्त्रणमा लिइ नष्ट गरिएको हो । बाँके, बर्दिया र सुर्खेतका लागि पठाइएका चल्ला समातेर अवैध ठहरिएपछि नष्ट गरिएको हो ।
त्यसैगरी, नेपाल ह्याचरी उद्योग संघ लुम्बिनी प्रदेश र दाना बितरक संघ लुम्बिनीको सयुक्त अनुगमन टोलीले १६ गते राती भारतबाट अबैध रूपमा आयात भएको चल्ला नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको चनौटामा नियन्त्रणमा लिइ प्रहरीलाई जिम्मा दिई आवश्यक कार्वाही भएको बताइएको छ । अवैध नियन्त्रणमा व्यवसायीहरु चनाखो हुनुपर्ने संघले जनाएको छ ।
बर्ड फ्लुको महामारी विभिन्न ठाउँमा देखिरहेको भए पनि पोल्ट्री तथा पोल्ट्रीजन्य उत्पादनको अवैध ढुवानी भने रोकिएको छैन ।