काठमाडौं । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभागको उपमहानिर्देशकको रुपमा कार्यरत सहसचिव सम्झना कुमारी काफ्लेलाई प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकमा प्रदेश सचिवको जिम्मेवारीमा सरुवा गरेको छ । त्यस्तै, उक्त स्थनमा रहेका सहसचिव विमल कुमार निर्मललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तानेको छ ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत सहसचिवहरु सवनम शिवाकोटीलाई गण्डकी प्रदेश, राजेन्द्र प्रसाद मिश्रलाई सुदूर पश्चिम प्रदेश, मतिना वैद्यलाई कर्णाली प्रदेश र रेवती रमण पौडेललाई प्रदेश ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरेको छ ।
को कहाँ भए सरुवा हेर्नुहोस् सूची :MOFAGA_Notice_20200826061303