संक्रामक पशुरोग नियन्त्रण विधेयक कानुन मन्त्रालयमा

काठमाडौँ । पशु रोग नियन्त्रण गर्न बनेको विधेयक सहमतिका लागि कानुन मन्त्रालयमा पेस गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार संक्रामक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक २०८१ सहमतिका लागि कानुन मन्त्रालयमा पेस गरिएको हो ।

पशुपन्छीहरूमा देखा पर्ने संक्रामक रोगहरूको नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारिताका लागि बनाइएको सो मस्यौदा तयार गरिएको हो ।

यस्तै, लम्पी स्किन लगायत विभिन्न महामारीबाट मरेका पशुधनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन सहज हुने बताइएको छ ।