आयाततर्फको उपाध्यक्षमा सुना सुवेदीको जित सुनिश्चित

चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आयाततर्फको उपाध्यक्षमा सुना सुवेदीको जित सुनिश्चित भएको छ ।

चितवनको नारायणगढमा सम्पन्न निर्वाचनको जारी मतगणनामा सुना सुवेदीले २५१ मत हासिल गर्दा उनका प्रतिस्पर्धी दिनेश कट्टेल १४६ मतका साथ पछ्याइरहेका छन् । यी दुई बीचको मतान्तर १०५ छ । जबकि अब गणना हुन बाँकी मत मात्रै ९८ छ ।

अध्यक्षमा रितेश रिमालले अग्रता फराकिलो बनाउँदै लैजाँदा धनकुमारी अधिकारी पाण्डे पछि पर्दै गएकी छन् । प्राप्त पछिल्लो मतगणनामा रितेश रिमालले २४० र धनकुमारीले १५८ मत हासिल गरेका छन् ।

थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेलले लिड गरिरहेका छन् । उनको मत २०४ छ । उनलाई नजिकबाट पछ्याइरहेका विकाश शर्माले १४१ र अर्का प्रतिस्पर्धी कविराज भट्टको मात्रै ५१ मत छ ।

खुद्रातर्फको उपाध्यक्षमा कडा प्रतिस्पर्धा देखिएको छ । यसमा लक्ष्मण घिमिरेले २०२ मत हासिल गर्दा अबोधराज दवाडी १९० मतका साथ पछ्याइरहेका छन् ।

महासचिवमा सादुराम ढकाल (आशिष) ले २२८ र हुमाकान्त काफ्लेले १६८ मत पाएका छन् ।

कोषाध्यक्षमा राजेन्द्र थापाले मतान्तर बढाउँदै लगेका छन् । थापाले २३९ मत हासिल गर्दा केपी लम्साल १५६ मतका साथ पछ्याइरहेका छन् ।

चितवनको नारायणगढमा जारी महाधिवेशनको दोस्रो दिन भएको मतदानको मतगणना अहिले जारी छ । निर्वाचन समितिका अनुसार, अब मात्रै ९८ मत गणना हुन बाँकी छ ।