भेट टाइम्स मिडिया ग्रुप सम्पादकबाट शर्मा बिदा

काठमाडौं । भेट टाइम्स मिडिया प्रालिका ग्रुप एडिटर डा. वंशी शर्माले बिदा लिएका छन् ।
भेट टाइम्स मिडिया प्रालि, सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले शर्मालाई जिम्मेवारीबाट बिदा दिने निर्णय गरेको हो ।
भेट टाइम्स मिडिया प्रालिका कार्यकारी अधिकृत राजन प्रसाईंले संस्थामा जोडिएर दिएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै शर्मालाई ०७९ माघ २३ गतेदेखि नै बिदा दिने निर्णय भएको जानकारी दिए ।
शर्मा गत भदौ ११ गते भेट टाइम्स मिडिया प्रालि, सञ्चालक समितिको निर्णयबाट यो जिम्मेवारीमा आएका थिए ।
भेट टाइम्स मिडिया प्रालिले शर्माको उज्ज्वल भविष्यको कामनासमेत गरेको छ । शर्माले ग्रुप सम्पादकको भूमिका दिएर सेवा गर्ने र सिक्ने अवसर प्रदान गरेकोमा भेट टाइम्स मिडिया प्रालिप्रति आभार प्रकट गरे । आफु अन्य काममा समेत व्यस्त हुनु परेकोले संस्थाको जिम्मेवारीबाट अलग भए पनि सधैं साथमा रहने प्रतिबद्धता जनाए ।