पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न

काठमाडौं । सिद्धार्थनगर नगरपालिका–९, सानो दुमदुमवामा एकदिने निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनी प्रदेश, नेपाल लाइभ्स्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग इकार्इ, बुटवल युनिट तथा नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएसन, पक्लिहवाको संयुक्त आयोजनामा एकदिने शिविर सम्पन्न भएको हो ।

शिविरमा गोबर परीक्षण, रेक्टल पाल्पेसन र अल्ट्रासोनिक प्रविधिबाट बाँझोपना एवं गर्व परीक्षण, पशु स्वास्थ परीक्षण, बन्ध्याकरण, परामर्श साथै निःशुल्क औषधि वितरण गरिएको नेपाल भेटेरिनरी एसोसिएसन, लुम्बिनीका सचिव डा. युवराज पन्थले जानकारी दिए । उनका अनुसार, शिविरका क्रममा ६८ गाई, १०८ भैंसी, २३१ बाख्रा र १८० कुखुरा गरी ५८७ पशुपंन्छीलाई उपचार गरियो ।

एनभिएसएका अध्यक्ष धीरज धिरज यादवको अध्यक्षतासम्पन्न कार्यक्रममा एनलयासआइपी, बुटबलका प्रमुख डा गान्धीराज उपाध्यक्ष प्रमुख अतिथि र पक्लिहवा क्याम्पस प्रमुख डा. रामभजन मण्डल तथा एनभिए अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले विशेष आतिथ्यता ग्रहण गरेका थिए ।