काठमाडौं । आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि सरकारले ल्याएको अनुमानित बजेटबारे भोलि शनिबार विज्ञहरूसँग अन्तरक्रिया हुने भएको छ ।
नेपाल पारा भेटेरिनरी एण्ड लाइभ स्टक एसोसिएसन (नेभ्ला) को आयोजनामा ‘कृषि तथा पशु सेवाको आगामी आ.व. ०७८–७९ को बजेट तथा कार्यान्वयनका आधार’ विषयक भर्चुअल अन्तरक्रिया गोष्ठी हुने भएको हो ।
अन्तरक्रियामा कृषि मन्त्रालयका का.मु सचिव डा. विमलकुमार निर्मलले कार्यपत्र प्रस्तुत गर्दैैछन् । जसमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दीपेन्द्रबहादुर क्षेत्री, पूर्वसचिव उदय चन्द्र ठाकुर, र पूर्व सचिव डा. बि.के. पी शाह मुख्य टिप्पणीकर्ताका रूपमा धारणा राख्नेछन् ।
त्यसैगरी, पूर्वराष्ट्रियसभा सदस्य बलराम सापकोटा, किसान आयोगका पूर्व सदस्य भानु सिग्दल र, अष्ट ज अभियानका लोककृष्ण भट्टराईलाई टिप्पणीकर्ताका रूपमा आमन्त्रण गरिएको छ ।
शनिबार दिउँसो १ बजे हुने कार्यक्रमको अध्यक्षता नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले गर्नेछन् ।