काठमाडाैंमा देखियो बर्ड फ्लू

काठमाडौं । कोरोना महामारीमाको चपेटामा परेर उकालो लाग्दै गरेको पोल्ट्री व्यावसायमा पुःन एक पटक दुःखद् समाचार प्राप्त भएको छ ।

पशुसेवा विभाग स्रोतबाट भेटखबरलाई प्राप्त सूचनामा राजधानीको तारकेश्वर नगरपालिकामा पालिएका हाँस र कुखुरामा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ ।

पशुसेवा विभाग स्रोतका अनुसार नमुना संकलन पश्चात गरिएको परिक्षणमा बर्ड फ्लुको सङ्क्रमण देखिएको र ति स्थानमा भोलि बिहानैदेखि सङ्क्रमण देखिएका पोल्ट्री फर्मका कुखुरासहित पशुपक्षीजन्य उत्पादन नष्ट पारी निःसङ्क्रमण गर्ने काम गरिनेछ ।

नेपालको प्रचलित कानुन अनुसार बर्ड फ्लुको सङ्क्रमण देखिएको अवस्थामा समेत त्यसको आधिकारिक जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मात्र सार्वजनीक गर्ने व्यावस्था छ ।