काठमाडौं । नेपालको पोल्ट्री व्यावसायलाई अत्याधुनिक परिवर्तन र व्यावसायिक बिकास गर्ने उद्धेश्यका साथ नेपालकै सबैभन्दा ठुलो “नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी २०२०”आगामी पाल्गुण १६ देखी १८ सम्म चितवनमा हुने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले यस पटकको प्रदर्शनीले नेपालको समग्र पोल्ट्री व्यावसायलाई विश्वकै नविनतम प्रविधिको वारेमा नजिकबाट जान्न पाउने अवसरको फईदा लिन आग्रह गरेका छन ।प्रदर्शनीमा नेपालका कृषकहरु नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय,उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय,कृषि उद्यम केन्द्र,नेपाल उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्दको समेत सहभागीता रहने छ ।
प्रदर्शनीमा नविनतम प्रविधिको जानकारी र परामर्श दिनको लागी नेपाल लगाएत भारत,जर्मन,बेल्जियम,नेदरल्याण्ड,चीन,अमेरिका,टर्की,मलेसीया,सिंगापुर,ताईवान,इजरायल, बंगलादेश लगाएतका देशले समेत सभागीता जनाउने छन् ।
यस प्रदर्शनीको अर्को महत्वपुण पक्ष “पोल्ट्री पाठशाला”समेत भएको जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो ।
प्रदर्शनी नेपाल पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन प्रा.लि.र फ्यूचरेक्स टे«ड एण्ड र्भभेण्ट प्रा.लि.को सहार्यमा चितवन एक्स्पो सेन्टर चितवनमा हुनेछ ।
पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्ती