काठमाडौं । पशु सेवा विभाग हरिहरभवन ललितपुरमा कार्यरत लेखा अधिकृत रमेश कार्की घुस लिएको अवस्था रकमसहित पक्राउ परेका थिए कार्की्विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई ८ हजार ५ सय रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । कार्कीले सेवाग्राही लुलु मिडिया एण्ड पब्लिकेशन प्रालिले पशुसेवा विभाग हरिहरभवन पुल्चोक ललितपुरबाट गोरखापत्रमा विज्ञापन र सूचना प्रकाशन गर्ने काम लिई गोरखापत्रमा विज्ञापन र सूचना प्रकाशित गरी नियमानुसार भुक्तानी लिइसकेपछि उक्त बिल रकम भुक्तानी गरिदिए बापत घुस मागी लिइरहेको अवस्थामा विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्कीलाई ८ हजार ५ सय रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको जनाएको छ । कार्कीले सेवाग्राहीसँग लुलु मिडिया एण्ड पब्लिकेशन प्रालिले पशुसेवा विभाग हरिहरभवन पुल्चोक ललितपुरबाट गोरखापत्रमा विज्ञापन र सूचना प्रकाशन गर्ने काम लिई गोरखापत्रमा विज्ञापन र सूचना प्रकाशित गरी नियमानुसार भुक्तानी लिइसकेपछि उक्त बिल रकम भुक्तानी गरिदिए बापत घुस मागी लिइरहेको अवस्थामा विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिएकोले ८ हजार ५ सय बिगो भराउन माग गरेको छ । साथै उक्त ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको माग गर्दै अख्तियारले शुक्रबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।