अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु, मेयर दाहालद्धारा उद्घाटन

भरतपुर। चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु भएको भएको छ । एक्सपोको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्नुभयो । नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो । एक्सपो ३ दिनसम्म चल्ने छ ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमै अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गरिएको प्रष्ट पार्नुभयो ।

भरतपुर भ्रमण वर्ष २०२४ र अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गर्नु उद्देश्य यहाँको आर्थिक गतिविधि चलयामान बनाउनु रहेको प्रमुख दाहालको भनाई छ ।
अर्थतन्त्रको मेरुदण्ड कृषि र कृषिमा पनि पोल्ट्री भएकाले यसको थप व्यवसायीकरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिकाले कृषिको आधुनिकीकरणका लागि अनुदानमा यन्त्र उपकरणको काम गर्दै आइरहेको र आगामी दिनमा पनि कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिने प्रमुख दाहालले बताउनुभयो ।

भरतपुर महानगरले पोल्ट्री क्षेत्रको विकासको लागि स्थानीय सरकारको हैसियतले सधै सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरी भरतपुरमै एक्सपो गरिएको बताउनुभयो ।

एक्सपोमा विषेश गरी कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिइने जानकारी दिनुभयो ।

विदेशी तथा स्वदेशी प्रविधि तथा पशुपन्छीपालनसम्बन्धी जानकारी प्रदान गर्न आयोजना गरिएको एक्स्पो जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल र भारतलगायत विभिन्न देशका ८० स्टल रहने एक्स्पोको करिब १० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

एक्सपोमा पशुपन्छीपालनसँग सम्बन्धित पोल्ट्री पाठशालालगायत आयोजना गरिने आयोजकले जनाएका छन् ।