जनकपुर । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ जनकपुर शाखा कार्यसमितिको अध्यक्षमा जयराम महतो निर्विरोध निर्वाचित भएका छन् । शनिवार जनकपुरमा सम्पन्न तेस्रो वार्षिक शाधारणसभा तथा अधिवेशनले महतोलाई निर्विरोध रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । अधिवेशनले ९ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा रामसेवक शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।त्यस्तै, सचिवमा अजय कुमार शाह, सहसचिवमा रोशन कुमार शाह र कोषाध्यक्षमा संजय कुमार शाहलाई निर्वाचित गरेको छ । सदस्यहरुमा हरिलाल ठाकुर, खोमराज बुढाथोकी, गोपाल कुमार शर्मा र रामपृत ठाकुरलाई निर्वाचित गरेको छ ।