राजविराज । करिब ७४ बोरा युरिया मलसहित जिल्ला प्रहरी कार्यालय सप्तरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा प्रहरीले छापा मारेको हो ।
अवैधरुपमा भण्डार गरी राखेको मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।
युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए ।