गाई हत्या  संलग्न पक्राउ

झापा । जिल्लाको दमक नगरपालिकामा गाई हत्या र मासु चोरी घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। घटना २०८१ साल भदौ १८ गते राति भएको हो। दमक नगरपालिका वडा नं. १ का लछुमन निष्टको गोठमा बाँधिएको दुई महिनाको गर्भिणी गाईलाई चोरी गरेर करिब १०० मिटर पर लगेर बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरिएको थियो। त्यसपछि गाईको खुट्टा, करङ र घाँटीको मासु काटेर लगिएको थियो भने बाँकी शरीर घटनास्थलमै छोडिएको थियो।

जिल्ला प्रहरी झापा का अनुसार २०८१ भदौ २१ गते फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरेको हो। घटनामा प्रयोग भएको खुकुरी, बन्चरो र मासु बोक्न प्रयोग गरिएको झोला पनि बरामद गरिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनामा संलग्न प्रेम विष्ट, खगेन्द्र दुलाल, र बिधान थापालाई पक्राउ गरी थप अनुसन्धान जारी राखेको छ। अभियुक्तहरू यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परिसकेका पटके अपराधी भएको प्रहरीले जनाएको छ।