औषधि बिक्रीवितरण सम्बन्धी नयाँ संहिता जारी, के थपियो, के हट्यो ?

काठमाडौं । औषधि बिक्रीवितरण संहिता, २०८० लागू भएको छ । औषधि व्यवस्था विभागको यही वैशाख १६ गतेको बैठकले अघिल्लो औषधि बिक्रीवितरण संहिता, २०७१ प्रतिस्थापन गरी नयाँ संहिता लागू गर्ने निर्णय गरेको हो ।

यसअघि औषधि व्यवस्था विभागले फार्मेसी सेवामा स्थापित नयाँ मान्यता तथा प्रयोगबारे अध्ययन गरेर सुझाव पेश गर्न औषधि सल्लाहकार समितिलाई कार्यादेश दिएको थियो । आफ्नो कार्यादेशअनुसार यही चैत २४ गते यससम्बन्धी सुझाव दिएकोमा विभागले त्यसलाई स्वीकृत गरेर लागू गर्ने निर्णय लिएको हो ।

नयाँ संहितामा केही विषय नयाँ थपिएका छन् भने कतिपय पुराना विषय हटाइएको छ ।

नेपाल अधिराज्यभर औषधिको बिक्रीवितरणलाई व्यावसायिक, मर्यादित र जिम्मेवार बनाउन औषधि व्यवस्था विभागले २०७१ मा नयाँ संहिता जारी गरेको थियो । त्यसको एक दशकपछि पुनः नयाँ प्रयोग र अभ्यासलाई समेटेर विभागले अर्को संहिता जारी गरेको हो ।

हेर्नुहोस् विभागले जारी गरेको नयाँ संहिता