‘राइट टु प्रोटिन रन’ म्याराथन दौडको तेश्रो संस्करण आयोजना हुँदै

काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा चैत्र १०गते शनिबार ‘राइट टु प्रोटिन रन’ शीर्षकमा हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । गत दोस्रो म्याराथन दशरथ रंगशालामा आयोजना गरिएको ‘राइट टु प्रोटिन रन’ शीर्षकमा भएको हाफ म्याराथन प्रतियोगिताकै तेश्रो संस्करणका रुपमा यो वर्षपनि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल भेटेरिनरी एशोसिएशनका पूर्व अध्यक्ष एवं आयोजक समितिका सचिव डा.शीतलकाजी श्रेष्ठले बताए ।

मानव जीवमा प्रोटिनको महत्वलाई उजागर गर्ने, प्रोटिनमाथिको अधिकारबारे जनचेतना जगाउने र प्रोटिनजन्य पदार्थमाथि आम मानिसको पहुँच बढाउने उद्देश्यसहित उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

उनका अनुसार विभिन्न विधामा आयोजना हुने यो प्रतियोगिता चैत्र १० गते बिहान ६ बजे दशरथ रंगशालाबाट सुरु भई रंगशालामै यो दौडको अन्त्य हुने छ । गत वर्ष ५००० हजार  दौड प्रतियोगीहरु सहभागी भएकोमा यो वर्ष कम्तीमा ७ हजारभन्दा बढी प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार नेपाल एथलेटिक्स एशोसिएशनले उक्त दौड प्रतियोगितालाई मान्यता प्रदान गरेको छ ।

प्रतियोगिताको सहप्रायोजन युसेस र युएससोयले गर्ने भएका छन् । पशुपन्छीको दाना उत्पादन गर्ने दाना उद्योग संघ र दाना उद्योगहरुले यो प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने उनले बताए । यस पटक पशु सेवा विभागले समेत कार्यक्रममा सहभागीताका साथ सहयोग समेत गर्ने छ ।
यस्तै,कार्यक्रमको हस्पिटल पार्टनरमा प्रिमेरा, टिकेटिङ पार्टनर इसेवा, साउन्ड सिस्टम पार्टनर आएसएस, हस्पिटालिटी पार्टनर मेरियोट होटल, फेयरफिल्ड बाई मेरियट र फूड पार्टनर केबि एग्रो रहेको बताइएको छ।

म्याराथनका ब्रान्ड एम्बेसडर कलाकार सरोज खनाल  छन्।

यो वर्ष करबाहेक १४ लाख १२५ हजार पुरस्कार राशी रहने श्रेष्ठले बताए ।
कार्यक्रममा सहभागी हुन ईसेवा एप र बाट र ‘राइट टु प्रोटिन रन’को वेवसाइटबाट पनि नाम दर्ता गराउन सकिने उनले बताए ।

हेर्नुहोस प्रेस वक्तव्य