चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले रितेश रिमाललाई आगामी दुई वर्षका लागि अध्यक्ष पाउने पक्का भएको छ ।
चितवनको नारायणगढमा बुधबार सम्पन्न निर्वाचनमा रिमालले २७१ मत हासिल गर्दा उनकी प्रतिस्पर्धी धनाकुमारीले १७५ मत हासिल गरेकी छन् । दुईबीचको मत अन्तर ९६ छ । जबकि, अब गणना हुन बाँकी मात्रै ४८ मत छ ।
उपाध्यक्षमा पनि सुना सुवेदी बडालको जित सुनिश्चित भएको छ ।
सुवेदीले २८१ मत हासिल गर्दा उनका प्रतिस्पर्धी दिनेश कट्टेल १६५ मतका साथ पछ्याइरहेका छन् ।
थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेलले लिड गरिरहेका छन् । उनको मत २२४ मत छ । उनलाई नजिकबाट पछ्याइरहेका विकाश शर्माले १६३ र अर्का प्रतिस्पर्धी कविराज भट्टको मात्रै ५७ मत छ ।
खुद्रातर्फको उपाध्यक्षमा कडा प्रतिस्पर्धा देखिएको छ । यसमा लक्ष्मण घिमिरेले २२२ मत हासिल गर्दा अबोधराज दवाडी २१८ मतका साथ पछ्याइरहेका छन् ।
महासचिवमा सादुराम ढकाल (आशिष) ले २५३ र हुमाकान्त काफ्लेले १९१ मत पाएका छन् ।
कोषाध्यक्षमा राजेन्द्र थापाले मतान्तर बढाउँदै लगेका छन् । थापाले २६२ मत हासिल गर्दा केपी लम्साल १८१ मतका साथ पछ्याइरहेका छन् ।
चितवनको नारायणगढमा जारी महाधिवेशनको दोस्रो दिन भएको मतदानको मतगणना अहिले जारी छ । निर्वाचन समितिका अनुसार, अब मात्रै ४८ मत गणना हुन बाँकी छ ।
Language »