काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती प्रदेश कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न समितिको १४औं अधिवेशनबाट ईश्वरकुमार थापा निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रमुख निर्वाचन अधिकृतका अनुसार, आयात, थोक र खुद्रातर्फका उपाध्यक्षमा क्रमशः टीकादेवी तिवारी, रचेन्द्र खड्का र माधव दाहाल निर्वाचित भएका छन् ।
अधिवेशनले मनिषराज भट्टराईलाई सचिव, विष्णु श्रेष्ठलाई कोषाध्यक्ष र प्रकाश अधिकारीलाई सहसचिवमा चयन गरेको छ ।
त्यसैगरी, समितिमा ६ सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरूमा रामचन्द्र श्रेष्ठ, निशान्तराज भट्टराई, पूजन अधिकारी, शम्भुप्रसाद गुप्ता र सूर्यबहादुर खत्री छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने समितिको एक सदस्य भने पछि पूर्ति गरिने निर्वाचन समितिले जनाएको छ । विधानअनुसार समितिको एक सदस्य कार्यसमितिका अध्यक्षले मनोनयन गर्ने प्रावधान छ ।