काठमाडौँ । विगतका गणनाहरूमा जस्तै कृषिगणना २०७८ अनुसार पनि नेपालमा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली लगाएको पाइएको छ । २५ लाख ८६ हजार १८३ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली लगाएको हो ।
गणनामा अन्य बालीहरूमा क्रमशः कोसे/दाल बाली (१,९९,८४४.८ हेक्टर), तेल बाली (१,८०,१४१.१ हेक्टर), तरकारी बाली (१,०७,७३३.८ हेक्टर), कन्दमूल बाली (१,०४,७३७.८ हेक्टर), मसला बाली (५६, ८९३.५ हेक्टर) र नगदे बाली (४४,६०९.३ हेक्टर) रहेको पाइएको छ।
बिहीबार सार्वजनिक गरिएको गणनाअनुसार धान बाली लागेको क्षेत्रफल १२,१६,३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५,५९,९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६,५४, १९४.३ हेक्टर हुन आएको देखिन्छ । नेपालमा बाली सघनता दर १.९१ देखिएको छ। यो सूचकले नेपालमा कृषकहरूले वर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ । गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो ।
स्थायी बालीमा बगैँचाको रूपमा लगाइएको आँपको क्षेत्रफल १९,७८१.७ हेक्टर, केराको क्षेत्रफल ७,८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६,५४५. ३ हेक्टर, कागतीको क्षेत्रफल २,८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३,०८०.२ हेक्टर हुन आएको देखिन्छ । यी सबै फलफूल बालीहरूको क्षेत्रफल गत कृषि गणनाको भन्दा बढेको देखिएको छ ।
नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३,५३,८५७ बाट बढेर ३४,०५,०१४ हुन पुगेका छन् भने गाइगोरुको सङ्ख्या करिब ४६ लाख, राँगाभैँसीको सङ्ख्या करिब २९ लाख, बाख्रा/खसी/बोका/च्याङ्ग्राको सङ्ख्या करिब १ करोड ४२ लाख, सुँगुर/बंगुर /बदेलको सङ्ख्या करिब १४ लाख, कुखुराको सङ्ख्या करिब ४ करोड ५१ लाख हुन आएको देखिन्छ । यो गणनाले उन्नत गाई र भैँसीको सङ्ख्यामा उल्लेखनीय कमी भएको देखाएको छ ।
वि.सं. २०१८ सालदेखि हरेक दश दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साबिकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।
हेर्नुहोुस प्रेस विज्ञप्तीको पुर्णपाठ सहित
राष्ट्रिय कृषिगणना २०७८ को नतिजा सार्वजनिकसम्बन्धी
प्रेस विज्ञप्ती
आदरणीय सञ्चारकर्मी मित्रहरु,
वि.सं. २०१८ सालदेखि हरेक दश-दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ बैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो । तीनै तहका सरकारहरुलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित “कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार” मूलनाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ संघीयतापछिको पहिलो कृषिगणना भएको छ। विगतका कृषिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ । बैज्ञानिक विधिबाट तीन लाख ३० हजार एक सय १२ कृषक परिवारहरु छनौट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्वन्धी बिस्तृत विवरण संकलनका लागि पाँच हजार एक सय ५० गणक, एक हजार तीन सय ५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरु सहित करिव सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए। तथ्याङ्क सङ्कलनमा मूलत कागजी प्रश्नावलीको नै प्रयोग गरिएको थियो भने काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा Computer-Assisted Personal Interviewing (CAPI) प्रविधिमा आधारित ट्याव्लेटको प्रयोग गरी तथ्यांक सङ्कलन गरिएको थियो ।
कृषिगणनामा मूलतः संरचनागत तथ्याङ्क जस्तै स्थायी र अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल, कित्ता संख्या, जग्गाको उपभोग (स्वामित्व) एवं उपयोग, सिँचाइको अवस्था, कृषि औजार र सामाग्रीको प्रयोग, उमेर र जातअनुसार विभिन्न पशुपन्छीको संख्या, गैरआवसिय भवनको प्रयोग, कृषि कामदारसम्बन्धी विवरण, माछापालन, च्याउखेती, मौरीपालन, पुष्पखेतीजस्ता सहायक कृषि क्रियाकलापसम्बन्धी विवरणलाई समेटिएको छ। यसरी नै समयानुकुल विषयवस्तु कृषिऋण, बीमा र अनुदानको अवस्था, कृषिमा वातावरणीय पक्ष, खाद्यान्नको पर्याप्तता, कृषि वजारसम्मको पहुँच आदिजस्ता विषयहरु समेत समेटेर तथ्याङ्क सङ्ककलन गरी प्रकाशन गरिएको छ ।
कृषिगणना २०७८ बाट प्राप्त प्रमुख नतिजाहरु यस प्रकार छन्
कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१,३०,७८९ कृषक परिवारले २२,१८,४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। अघिल्लो कृषिगणना २०६८ अनुसार ३८,३१,०९३ कृषक परिवारले २५,२५,६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो।
कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाईएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।
यो कृषिगणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १,१५,८३,९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ। अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः १,२०,९६,४१७ र ३.२ रहेको देखाएको थियो।
कृषिगणना २०७८ अनुसार कृषक परिवारले १२,०९, २६५.५ हेक्टर जग्गामा सिँचाइ सुबिधा लिएको देखिएको छ। यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुबिधा उपयोग भएको देखिन्छ। तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुबिधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो। यसरी नै यो गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो। यसरी नै सिंचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाई सुबिधा उपयोग भएको जग्गाको क्षेत्रफल ८,७९,५७० हेक्टर (७२.७%) रहेको यो गणनाले औंल्याएको छ ।
विगतका गणनाहरुमा जस्तै यस गणनामा पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली (२५,८६,१८३.० हेक्टर) लगाएको पाईएको छ भने अन्य बालीहरुमा क्रमशः कोसे/दाल बाली (१,९९,८४४.८ हेक्टर), तेल बाली (१,८०,१४१.१ हेक्टर), तरकारी बाली (१,०७,७३३.८ हेक्टर), कन्दमुल बाली (१,०४,७३७.८ हेक्टर), मसला बाली (५६,८९३.५ हेक्टर) र नगदे बाली (४४,६०९.३ हेक्टर) रहेको पाईएको छ।
कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२,१६,३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५,५९,९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६,५४,१९४.३ हेक्टर हुन आएको देखिन्छ ।
कृषिगणना २०७८ अनुसार बाली सघनता (Cropping Intensity) दर १.९१ देखिएको छ। यो सूचकले नेपालमा कृषकहरुले बर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ। गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो ।
स्थायी बालीमा बगैंचाको रुपमा लगाईएको आँपको क्षेत्रफल १९,७८१.७ हेक्टर, केराको क्षेत्रफल ७,८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६,५४५.३ हेक्टर, कागतीको क्षेत्रफल २,८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३,०८०.२ हेक्टर हुन आएको देखिन्छ । यी सबै फलफुल बालीहरुको क्षेत्रफल गत कृषिगणनाको भन्दा बढेको देखिएको छ।
नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३,५३,८५७ बाट बढेर ३४,०५,०१४ हुन पुगेका छन् भने गाईगोरुको संख्या करिव ४६ लाख, राँगाभैंसीको संख्या करिव २९ लाख, बाखा/खसी/बोका/च्याङ्ग्राको संख्या करिव १ करोड ४२ लाख, सँगुर/वंगुर/बदेलको संख्या करिव १४ लाख, कुखुराको संख्या करिव ४ करोड ५१ लाख हुन आएको देखिन्छ। यो गणनाले उन्नत गाई र भैंसीको संख्यामा उल्लेखीय बृद्धि भएको देखाएको छ।
कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ। यसैगरी सन्दर्भ अवधिमा ४,७१,२६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १,१७,९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ।
यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रुपमा गिरावट आएर ८५६,२८३ बाट ५०९,८२५ वटा हुन पुगेको देखिन्छ। कृषिगणना २०७८ ले ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ। यसरी माछापालन गरिएका पोखरीहरुको कूल क्षेत्रफल १०,३८३ हेक्टर रहेको समेत यो गणनाले औंल्याएको छ। अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको संख्या १७,१९१, पोखरीको संख्या २१,२७७ र पोखरीको जम्मा क्षेत्रफल २,५१९.७ हेक्टर देखाएको थियो ।
यो गणनाको प्राप्त नतिजाले १७,५५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ।
गणनाको प्राप्त नतिजाअनुसार १,९६,८५४ कृषक परिवारले ५,१०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ। अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२४,१५० पाईएको थियो।
यो गणनाको प्राप्त नतिजाले १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती/नर्सरीखेती गरेको देखाएको छ ।
कृषिगणना २०७८ अनुसार ४,८३,२०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरु ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो।
कार्यको कृषिगणना २०७८ अनुसार १,८२,४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेकामध्ये सवैभन्दा बढी १,५३,९६२ (८४.४ प्रतिशत) लागि बीमा गरेको बताएका छन्।
कृषक परिवारले पशुपालन यस गणनाबाट प्राप्त नतिजाअनुसार ३,०८,५१२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सवैभन्दा बढी १,४२,५७६ (४६.२ प्रतिशत) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन्।
यो गणनाका अनुसार ९७,१७४ कृषक परिवारले ४,६५९. २ हेक्टर जग्गामा हरितगृह/टनेल पद्धतिबाट खेती गरेको पाइएको छ।
कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको देखिन्छ ।
यो कृषिगणनाको प्राप्त नतिजाअनुसार कृषक परिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या १,९४,४७, ९५५ रहेको छ। यी कृषक परिवार जनसंख्यामध्ये महिला ९९,०४,१३० (५०.९ प्रतिशत) र पुरुष ९५,४३,८२५ (४९.१ प्रतिशत) देखिन आएका छन्।
यो गणनाले ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३.१ देखाएको थियो ।
गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए। कृषिगणना २०७८ अनुसार अधिकांश (८८%) कृषक परिवारको मुख्य कृषि उत्पादन/क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः तरकारी बाली (६%) र पशुपालन (३%) रहेको देखिन्छ।
यस गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सवै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत, सबै विक्रीको लागि हो भनि बताउने १.१ प्रतिशत, मुख्यत घरायसी उपभोग र केहि बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यत बिक्री र केहि घरायसी उपभोगका लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको देखिएको छ ।
जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन्। अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो ।
अन्त्यमा, राष्ट्रिय कृषिगणना २०७८ सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्नु हुने उत्तरदाता, सञ्चारकर्मी लगायत आम जनसमुदायको उच्च सम्मान र कदर गर्दै सार्वजनिक गरिएका विस्तृत कृषि तथ्याङ्कलाई सञ्चार माध्यमबाट सरोकारवाला र आम प्रयोगकर्तासम्म पुऱ्याउन सहयोग मिल्ने अपेक्षा राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ।
भाद्र २१, २०८०
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राष्ट्रिय तथ्याङ्क कार्यालय, काठमाडौं