जनमत पार्टीको प्रवक्ताको जिम्मेवारी पशुचिकित्सक यादवलाई July 14, 2023 Share Facebook Twitter Pinterest WhatsApp काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले डा. शरदसिंह यादवलाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकेको छ । बिहीबार साँझ बसेको सो पार्टीको सचिवालय बैठकले प्रवक्ताको जिम्मेवारी डा. यादवलाई दिने निर्णय लिएको हो । डा. यादव पेशाले भेटेरिनरी चिकित्सक हुन् । भेटेरिनरी क्षेत्रमा निकै सफल र लोकप्रिय यादवले यो क्षेत्रमा करिब २५ वर्ष सेवा गरेका छन् । पारिवारिक राजनीतिक पृष्ठभूमिका यादव यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आबद्ध थिए । लोसपाबाट उनी जनमत पार्टी प्रवेश गरेका हुन् ।