कँडेल आत्महत्या प्रकरण : रुंगाटा दाना संघको जिम्मेवारीबाट निलम्बित

काठमाडौं । पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेललाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेका नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदीप रुंगाटालाई उनी सम्बद्ध संगठनले निलम्बन गरेको छ । नेपाल दाना उद्योग संघको बुधबार बसेको बैठकले उनलाई संघको जिम्मेवारीबाट निलम्बन गरेको हो ।
बैठकपछि एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष रबिन पुरीले छानबिनमा सहजीकरण गर्न निर्दोष प्रमाणित नहुँदासम्मका लागि रुंगाटालाई पदबाट निलम्बन गरिएको जनाएका छन् ।
संघले दिवंगत कँडेलले गरेको आत्महत्याप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदनासमेत प्रकट गरेको छ ।
दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष तथा अनमोल फिडका नेतृत्वकर्ता कँडेल मंगलबार आत्महत्या गरेको अवस्थामा मंगलबार मृत फेला परेका थिए । कँडेल मृत अवस्थामा फेला परेपछि छानबिन थालेको प्रहरीले सुसाइड नोटमा मानसिक यातना दिएर कँडेलले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका छन् ।
त्यसैगरी, अनमोलका चार्टड एकाउन्टेन्ट जीवन रावलको नाम पनि उनले लिएका छन् । सुसाइट नोटमा त्यस्तो व्यहोरा लेखिएको फेला परेसँगै परिवारले प्रहरीले दुईविरुद्ध बुधबार नै किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी परेसँगै दुईको खोजी सुरु भएको जनाएको छ ।
कँडेल आत्महत्या प्रकरणपछि कुखुरापालन र पोल्ट्री क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संगठनले दुःख व्यक्त गर्दै उनलाई यस्तो अवस्थामा पुर्याउनेमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
हेर्नूहोस विज्ञप्ति