किसानले सडकमाअण्डा र कुखुरा फाले

काठमाडौं । केही दिन अगाडी तरकारीको मुल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटना सेलाउन नपाउदै झापाका किसानले राजमार्गमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् ।

पछिल्लो समयमा चोरी निकासी र आर्थिक मन्दिका कारण थिलिएको पोल्ट्री क्षेत्रमा किसानले उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसान किसानहरुले बताएका छन् ।

उत्पादित वस्तुको उचित मुल्य नपाउनु र बिचौलियाहरुले गर्दा उपभोक्ताले महंगो मुल्य तिर्दा समेत किसान पिडित भएका छन् ।

सरकारको ध्यानाकर्षणको माग गर्दै किसनले यो प्रतिनिधिमुलक आन्दोलन समेत भएको बताएका छन् ।