बस्नेतको अध्यक्षतामा नेपाल भेटेरिनरी मार्केटिङ एसोसिएसन काठमाडौँ युनिट गठन

काठमाडौँ । नेपाल भेटेरिनरी मार्केटिङ एसोसिएसन काठमाडौँ युनिट गठन भएको छ । पशुपन्छीको औषधिको मार्केटिङ(बजार प्रतिनिधि)हरुको हकहितको क्षेत्रमा क्रियाशील हुने गरी यो संस्था गठन गरिएको हो ।
शुक्रबार काठमाडौंमा उपस्थित भेलाले तदर्थ कार्यसमिति गठन गरेको हो । एसोसियसनको अध्यक्षमा सन्तोष बस्नेत उपाध्यक्षमा गणेश दुलाल, सचिवमा विष्णुमणि ढकाल चयन भएका छन । यसैगरी सहसचिवमा अमोज दाहाल, कोषाध्यक्षमा निर्मल सिलवाल चयन भएका छन । एसोसिसनको सदस्यहरूमा सरोज खड्का, सविन थापा, गणेश कार्की, नवीन चौलागाईं चयन भएका छन ।
पशुपन्छी औषधिको बजार प्रवद्र्धनका लागि विभिन्न औषधि कम्पनीमा कार्यरत बजार प्रतिनिधिहरूलाई संगठित गर्ने, पेशागत हकहितको रक्षा गर्ने, आपसी समन्वय र सहकार्य वृद्धि गर्ने र पशुपन्छी औषधिको बजारलाई व्यवस्थित गर्न सहयोग र्पुयाउने उद्देश्यले उक्त संस्था गठन गरिएको अध्यक्ष बस्नेतले बताए ।
नव गठित कार्य समितिको कार्यकाल दुई वर्ष रहने छ ।