मधुवन सहकारीद्वारा निशुल्क गाईभैँसी पालन तालिम सञ्चालन गर्दै

काठमाडौँ । मधुवन कृषि बहुउद्देश्यीय सहकारी संस्थाले नवलपरासीमा राष्ट्रियस्तरको व्यवसायिक गाईभैँसी पालनसम्बन्धी ४ दिने निशुल्क तालिम  सञ्चालन गर्ने भएको छ ।
तालिममा गाईभैँसी पालनको विशेषता, फार्म दर्ता, ऋण तथा अनुदान प्रक्रिया, बीमा प्रक्रियालगायतबारे सिकाइने छ । त्यस्तै दुधालु पशु खरिदमा ध्यान दिनुपर्ने कुराहरू, डेरी फार्ममा जैविक स्वच्छता लगायतबारे तालिम लिइने छ ।
७ पुसदेखि १० पुससम्म तालिम बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बर्दघाट–९ भुताहास्थित स्वर्णीम सामुदायिक विकास भवनको सभाहलमा हुने जनाइएको छ ।
भेट नेपाल संस्थाको सहकार्यमा हुन लागेको तालिममा  विज्ञ व्यक्तिहरूले तालिम दिने कार्यक्रम छ ।
तालिममा नाम दर्ता गर्न पुस ६ गते सम्मको समय राखिएको तालिम सम्पर्क व्यक्ति एवं प्रशिक्षक डा.विवेक बन्धु रेग्मीले बताए ।
चार दिन चल्ने तालिममा भरतराज गौतम,डा.माधव पाण्डे ,डा.शम्भु शाह,डा.उत्तम आचार्य,डा.सुमन सिंह राजपुत,सन्दिप खनाल,राजेन्द्र पन्थ लगायतको सहभागिता रहने छ ।

हेर्नुहोस कार्यक्रमको पुरा विवरण