पशु सेवा विधेयक संशोधन गर्न पूर्वसचिवहरूको माग

काठमाडौं । पूर्वसचिवहरूले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ संशोधन गर्न माग गरेका छन् ।

पूर्वसचिवहरू डा. मुक्तिनारायण श्रेष्ठ, डा. वज्रकिशोर प्रसाद साह, डा. धनराज रताला, डा.नरबहादुर रजबार ,पूर्वमहानिर्देशक डा. विमलकुमार निर्मल, डा. नीलप्रकाश सिंह कार्की, एसिया प्यासिफिकका पूर्वउपाध्यक्ष डा. शुभनारायण महतो, नेपाल कृषि अनुसन्धान परिषद् मुख्य वैज्ञानिक सीताराम अर्याल, पशु सेवा विभागका पूर्वमहानिर्देशक वंशी शर्मा र विश्व पशु स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. रामकृष्ण खतिवडाले एक विज्ञप्ति जारी गर्दै विधेयक संशोधन गर्न माग गरेका हुन् ।

नेपालको संविधान, संघीयताको मर्म, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५, प्रदेश तथा स्थानीय तहका मौजुदा ऐनहरू र पशु स्वास्थय तथा पशु सेवा ऐन, २०५५ को मूल मर्मसँग बाझिनेगरी अघि बढाइएको भन्दै उनीहरूले संशोधन गर्न माग गरेका हुन् ।

पशु उपचारसँग असम्बन्धितलाई उपचार गर्न दिने गरी विधेयक अघि बढाइएकाले यो त्रुटिपूर्ण रहेको उनीहरूको भनाइ छ ।

हेर्नूहोस