विधेयक फिर्ता गराउने खेल सफल हुदैन : मेहता

काठमाडौं ।नेपाल पाराभेटेरिनरी एशोसियसनका केन्द्रिय अध्यक्ष रामप्रसाद मेहताले पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक,कसैले चाहेर फिर्ता नहुने बताएका छन् ।

यो विधेयकका रोक्न राजधानी केन्द्रित कुकुर र बिरालोको चेकजाँच गरेर पैसा कमाउने भेटेरिनरी डाक्टरहरु लागी रहेको आरोप लगाए । नेपाल भेटेरिनरी एशोसियसनको आन्दोलनको बिरोधमा आयोजित कार्यक्रमा पत्रकारको जवाफ दिदै मेहताले डाक्टरको आन्दोलनले किसानका सेवा अवरोध गर्न नदिने बताए ।

उनले यो विधेयक पास भएर लागुहुने भन्दै गलत प्रचार गरेर भ्रम फैलाउँदैमा चाहना पुरा नहुने बताए।

हेर्नुहोस् भिडियो