कृषि तथा पशुपन्छी क्षेत्रको बजेट २४ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको बजेट वृद्धि गरेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले ४५ अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि ५५ अर्ब  ९७ करोड बजेट विनियोजन गरेको हो । यो चालु आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढी हो ।

अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को अनुमानित आय/व्यय प्रस्तुत गर्दै कृषि तथा पशुपन्छी क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।