अमेरिका लागे सापकोटा, कार्यवाहक अध्यक्षको जिम्मेवारी रिमाललाई

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटा अमेरिका प्रस्थान गरेका छन् ।

स्वास्थ्यमा समस्या भएपछि सापकोटा उपचारका लागि अमेरिका प्रस्थान गरेका हुन् ।

बिहीबार अख्तियारी पत्र दिँदै सापकोटाले घरायसी तथा उपचारका लागि अमेरिका जान लागेको र केही समय उतै रहने जनाएका छन् ।

सापकोटाले आफ्नो अनुपस्थितिमा संघको गतिवधि अघि बढाउन रीतेश रिमाललाई वैशाख २३ गते शुक्रबारदेखि लागू हुनेगरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । रिमाल संघको प्रथम उपाध्यक्ष हुन् ।

‘मेरो अनुपस्थितिमा ०७९/१/२३ गतेदेखि यस संघका प्रथम उपाध्यक्ष तपाईं श्री रितेश रिमालज्यूलाई मेरो उपस्थिति नभएसम्मका लागि संघको सम्पूर्ण कार्यभार सञ्चालन गर्ने अख्तियारी प्रदान गर्दछु,’ सापकोटाद्वारा रिमाललाई दिइएको अख्तियारी पत्रमा भनिएको छ ।’