विदेशी पशुचिकित्सकलाई काउन्सिलले भन्यो– नाम दर्ता गरेर मात्र काम गर्नू

काठमाडौं । नेपालमा कार्यरत पशुचिकित्सक अनिवार्य रूपमा पशु चिकित्सा परिषद्मा दर्ता हुनुपर्ने भएको छ ।
परिषद्ले एक सूचना जारी गर्दै अनिवार्य काउन्सिलमा दर्ता हुन आग्रह गरेको छ ।
‘सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत विदेशी मुलुकका पशु चिकित्सकलाई परिषद्मा कानूनअनुसार दर्ता हुन आग्रह गरिन्छ,’ परिषद्द्वारा जारी सूचनामा भनिएको छ ।

नेपाल पशु चिकित्सा परिषद् ऐन, १९९९ र नेपाल भेटेरिनरी काउन्सिल नियम, २००० मा विदेशी पशु चिकित्सक अनिवार्य काउन्सिलमा दर्ता हुनपर्ने व्यवस्था छ ।

परिषद्ले यसबारे ध्यानाकर्षण गराउँदै आए पनि कतिपय विदेशी पशु चिकित्सक अझै दर्ता नभएको काउन्सिलको भनाइ छ ।