काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्को रिक्त अध्यक्ष र दुई सदस्य खुला प्रतिस्पर्धाद्वारा छनौट गर्न प्रक्रिया अघि बढेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रिक्त दुई पद खुला प्रतिस्पर्धाद्वारा पूर्ति गर्न सोमबार प्रक्रिया अघि बढाएको हो ।
अध्यक्षका लागि ‘क’ श्रेणीको पशु चिकित्सक र ३५ वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ । सदस्यमा भने ‘ख’ श्रेणीका चिकित्सकले पनि आवेदन दिन सक्नेछन् ।
आवेदन आजबाट २१ दिनसम्म दिन सकिने छ ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषधको कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिल
े आवेदन दिन पाउने छैनन् ।