काठमाडौं ।पशुपन्छीको फिड सप्लिमेन्ट आयातमा घुस लेनदेन हुने गरेको चर्चा चलेको पाइएको छ । कुनै पनि फिड सप्लिमेन्ट दोस्रो मुलुकबाट आयात गर्न अनुमति दिने÷नदिने क्षेत्राधिकार पशुसेवा विभागअन्तर्गको लाइभस्टक गुण व्यावस्थापन प्रयोगशालाको हो ।
लाइभस्टकको क्षेत्राधिकारभित्रको यो काममा पटक–पटक प्रश्न चिह्न उब्जँदै आएको छ । भेट टाइम्स म्यागजिन र भेट खबरमा पशुपन्छीको भिटामिनमा सत् प्रतिशत नै पानी भेटिएको सप्रमाण समाचार सम्प्रेषण गरेको थियो ।
यसैबीच, नेपाल टेलिभिजनको ‘विकास र बहस’ कार्यक्रमका सञ्चालक शेखर खनालले नेपालमा गुणस्तरहीन भिटामिन तथा फिड सप्लिमेन्ट आयातमा ठूलो रकम लेनदेनको प्रमाण आफूले फेला पारेको दाबी गरेका छन् । उनले आफ्नो कार्यक्रममा नेपाल पशुपन्छी औषधि व्यावसायी संघका पुर्वअध्यक्ष हेमराज बडाललाई अतिथिको रूपमा निम्त्याएका थिए ।
सो क्रममा उनले विश्वमा नामै नभएका कम्पनीहरूले समेत किसान ठगिरहेको प्रसंग उप्काएका थिए । पूर्वअध्यक्ष बडालले संघले व्यवसायी हकहितमा लाग्ने भएकोले यसमा पशुसेवा विभाग दोषी रहेको दाबी गरेका थिए । तर उनले विभागभित्र हुने शुभलाभबारे मौनता साधे । त्यसपछि सञ्चालक खनालले पशुसेवा विभागमा खुलेआम घुस लिएर सिफारिस दिने गरिएको, त्यसको प्रमाण आफूसँग रहेको र त्यसबारे आफूले विभागमा सप्रमाण ध्यानाकर्षण गर्न लागेको भन्दै यसबारे थप धारणा सार्वजनिक गर्न दबाब दिए । तर बडाल आफुले उत्तर दिन नसक्ने भन्दै पन्छिए ।
२५ मिनेट ४७ सेकेन्ड लामो भिडियोको १७ औं मिनेटमा उनले भनेका छन्– अन्डर टेबल लेनदेन छ भन्ने कुरा मैले फेला पारिसकेको अवस्था छ । यसबारे हामी विभागको पनि ध्यानाकर्षण गराउँदैछौं,’ उनले भनेका छन । तर उनले कसले, कोसँग कति रकम लिइएको हो भन्नेबारे केही खुलाएका छैनन् । व्यवसायीबाट मोटो रकम लिएर सिफारिस दिइएको तथ्य प्रमाणित हुँदासम्म सार्वजनिक नगरिनुलाई अर्थपूर्ण ठानिएको छ ।
कार्यालयकी नि.प्रमुख डा.इन्दिरा शर्माले हचुवाको भरमा राष्ट्रिय संचारमाध्यमले हल्ला फैलाएको जिकिर गरिन् । एकपक्षीय समाचार लेखेको भन्दै उनले आरोप प्रमाणित गर्न पत्रकारलाई चुनौती दिइन् । “यस कार्यालयबाट कुन कर्मचारीले कसरी अनुचित लाभ लिए , प्रमाणित गरियोस्,” उनले भनिन् ।
यदि कसैले गल्ती गरेको प्रमाणित भए कारबाही गर्ने प्रतिबद्दता उनले व्यक्त गरिन् ।
पुरा भिडियो