काठमाडौं ।नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) को १० औं राष्ट्रिय महाधिवेशन भोलि (०७८ पुस ७ गते ) उद्घाटन हुने भएको छ ।
राजधानीको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा बुधबार बिहान ११ बजे अधिवेशन उद्घाटन कार्यक्रम तय भएको नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले जानकारी दिए ।
कार्यक्रममा उपस्थितिका लागि कृषि मन्त्री महेन्द्रराय यादवलाई निम्तो दिइएको छ । उनैले कार्यक्रमको प्रमु्ख आतिथ्यता गर्नेछन् ।
नेम्ला पशुपन्छी स्वास्थ्यकर्मीहरूको हितखातिर खडा छाता संगठन हो । उसले यस महाधिवेशनको नारा ‘आर्थिक समृद्धिका लागि सम्पूर्ण भेटेरिनरी प्राविधिकहरूको एकता, गैरराजनैतिक भूमिकासहितको संस्था निर्माण हाम्रो प्रतिबद्धता’ दिएको छ ।