संघ र प्रदेशका कृषि मन्त्रालयमा कार्यरत सहसचिवहरूको साट्फेर, को कहाँ ?

काठमाडौं।कर्णालीबाहेक ६ वटै प्रदेशका कृषि मन्त्रालयका सचिव परिवर्तन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न अड्डामा कार्यरत ८५ सहसचिवको सरुवा गर्दै ६ प्रदेशका कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व परिवर्तन गरेको हो । यी सबै प्रदेशमा संघको कृषि मन्त्रालयमा कार्यरत सहसचिव पठाइएको छ ।

पजनीमा परेका सहसचिवहरूमा डा. हरिबहादुर केसी, डा.रामानन्दन तिवारी, डा.नम्रता सिंह, डा. शान्ता कार्की, डा. शरणकुमार पाण्डे र मदनसिंह धामी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, केसी, तिवारी, सिंह, कार्की, पाण्डे र धामीलाई क्रमशः गण्डकी प्रदेश, प्रदेश नं. १, प्रदेश नं. २, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिवको प्रदेशमा सरुवा गरिँदा त्यहाँ कार्यरतलाई भने संघमा तानिएको छ ।

प्रदेशबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएका सहसचिवहरूमा प्रदेश १ कृषि मन्त्रालयमा कार्यरत निरु दाहाल पाण्डे, प्रदेश २ कि डा.सम्झनाकुमारी काफ्ले, वाग्मती प्रदेशकी मतिदा वैद्य, गण्डकी प्रदेशकी सवनम शिवाकोटी अर्याल र लुम्बिनी प्रदेशका रेवतीरमण पौडेल छन् ।