पशुपन्क्षीसँग सम्बन्धित कुनै समस्या छ ? यी नम्बरमा गर्नुहोस् फोन

काठमाडौं । कोरोना भाइरस महामारीपछि देश अस्तव्यस्त छ । सवारी चलेका छैनन् । यही अस्तव्यस्तताबीच कतै तपाईंका पशु चौपायामा समस्या त देखिएका छैनन् ?

यदि कुनै समस्या देखिएका छन् भने चिन्ता नगर्नूस् । एक टेलिफोन कलले नै तपाईंको समस्या समाधान हुनसक्छ ।

नेपाल भेटेरिनरी एसोसिएसन, लुम्बिनी प्रदेशले किसानको यही अप्ठ्यारोलाई महसुस गरेको निःशुल्क परामर्श सेवा उपलब्ध गराएको छ । त्यसका लागि उसले विभिन्न चिकित्सकहरूको टेलिफोन नम्बर सार्वजनिक गरेको छ ।

अहिलेको असहज परिस्थितिलाई मध्यनजर गर्दै पशुस्वास्थ्यकर्मीबाट किसानले सहजै परामर्श लिन सकून भनेर नम्बर सार्वजनिक गरिएको एसोसिएसनले जनाएको छ ।
हेर्नुहोस् पशु चिकित्सक र उनीहरूको सम्पर्क नम्बर