आज विश्व भेटेरिनरी दिवस : पशु सेवा विभागले भर्चुअल कार्यक्रम आयोजना गर्दै

काठमाडौं । विश्व भेटेरिनरी दिवस विभिन्न कार्यक्रम गरी शनिबार मनाइँदै छ । दिवसका अवसरमा पशु सेवा विभागले शनिबार ११ बजेदेखि १ बजेसम्म जुम एपमार्फत भर्चुअल कार्यक्रमको आयोजना गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै विभागले भर्चुअल कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव , विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष लगायतको उपस्थिति र मन्तव्य रहने विभागले जनाएको छ ।

कार्यक्रममा सचिव कँडेलले राष्ट्रिय भेटेरिनरी सेवाको वर्तमान अवस्था र चुनौतीहरु विषयमा कार्यपत्रको प्रस्तुतिकरण दिने कार्यक्रम छ । त्यस्तै, पशु सेवा विभागका उपमहानिर्देशक डा. रामानन्द तिवारीले कोभिड–१९ महामारीमा राष्ट्रिष्य भेटेरिनरी सेवाले पु¥याएको योगदान विषयमा कार्यपत्र प्रस्तुतिकरण दिने कार्याक्रम छ ।

त्यस्तै, क्षेत्रगत विषयविज्ञहरुको प्यानल छलफल कार्यक्रम समेत रहने भएको छ । यसअन्तर्गत शैक्षिक तथा अनुसन्धानबारे कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक डा. भूमिनन्दन देवकोटा, नीतिगत विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त्त सचिव डा. विमलकुमार निर्मल, भेटेरीनरी सेवाबारे नेपाल भेटेरिनरी एशोसिएशनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठ, पोल्ट्री क्षेत्रबारे टीका पोखरेल र डेरी क्षेत्रबार अरनिको राजभण्डारीले प्रस्तुति दिने कार्यक्रम छ ।

कार्यक्रममा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय, राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाकी प्रमुख पशु विकास अधिकृत डा. नम्रता सिंह, पशु सेवा विभागका पशु चिकित्सक डा. मनोज शाहीलगायतले कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम छ ।