काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले नयाँ केन्द्रीय कार्यकारिणी समितिकोको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार चैत ६ गते अपरान्ह २ बजेदेखि साढे ४ बजेसम्म मतदान कार्यक्रम हुने भएको छ । त्यसअघि चैत ६ गते बिहान १० बजेसम्ममा मतदाता नामावली प्रकाशित हुने भएको छ । त्यस्तै, साढे १० बजेसम्ममा मतदाता नामावली उपर दाबी विरोध गर्ने, सोही दिन बिहान ११ बजेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।
त्यस्तै, चैत ५ गते मध्यान्ह १२ बजेसम्म उम्मेद्वारी दर्ता, चैत ५ गते अपरान्ह साढे १२ बजेदेखि २ बजेसम्म उम्मेद्वारी उपर दाबी विरोध गर्ने र उम्मेद्वारी फिर्ता लिने, ५ चैत अपरान्ह ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
चैत ६ गतेको मतदान कार्यक्रम ललितपरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एशोसिएशनले जनाएको छ । ५ चैतसम्मका कार्यक्रम भने एशोसिएशनको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा हुने जनाएको छ ।
श्रेष्ठ, शर्मा र काफ्लेको उम्मेदवारी घोषणा
वर्तमान अध्यक्ष डा. शीतल काजी श्रेष्ठले पनि आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । हालसम्म आफूले अघि बढाएका काम पूरा गर्न थप नयाँ सुधारका काम अघि बढाउन आफूलाई निर्वाचित गराउन उनले आग्रह गरेका छन् ।
त्यस्तै, नयाँ कार्यसमिति निर्वाचनमा पशु सेवा विभागबाट हालै सेवा निवृत्त भएका पूर्वमहानिर्देशक डा. वंशी शर्माले उम्मेद्वारी दिने घोषणा गरेका छन् । नीतिगत तहमा रहेर आफूले काम गरेका कारण यो क्षेत्रका बारेमा अनुभव रहेकोले एशोसिएशनको नेतृत्वमा आएर आफ्नो अनुभव, क्षमता र ज्ञानसीपले यो क्षेत्रमा योगदान गर्न चाहेको उनले बताएका छन् ।
त्यस्तै, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवाका सह–प्रधापक तथा भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक डा. कृष्ण काफ्लेले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । लामो समयदेखि अध्यापन पेशामा रहेका काफ्ले समग्र भेटेरिनरी क्षेत्र, पशु कल्याण तथा पशु शिक्षा सुधारका साथै एक स्वास्थ अवधारणलाई सार्थक बनाउन आफूलाई नेतृत्व दिने विश्वास व्यक्त गरेका छन् ।
यस्ताे छ निर्वाचन तालिका