फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घुस लिएको आरोपमा अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । औषधि व्यवस्था विभागको शाखा कार्यालय विराटनगरमा करारमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सुवेदीले जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा विराटनगर–३ स्थित भट्टराई होटलअगाडिबाट नियन्त्रणमा लिएको नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।