पशुपन्छी औषधि व्यवसायी तथा कर्मचारीले पनि काेभिड–१९ विरूद्धकाे खोप लगाउन पाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपन्छी औषधि व्यवसायी तथा औषधी ब्यवसायमा कार्यरत कर्मचारीलाई पनि कोभिड–१९ विरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

जोखिमपूर्ण क्षेत्रमा कार्यरत पशुपन्छी औषधि व्यवसायी र औषधि पसल तथा व्यवसायमा कार्यरत व्यवसायीलाई खोप लागाउने निर्णय अनुसार खोप लगाउन पाउने भएका हुन् ।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष भूपेन्द्र गौतमले पशुपन्छी औषधि व्यवसायी तथा कर्मचारीलाई नजिकको खोप केन्द्रमा परिपत्रसहित खोप लगाउन जान आग्रह गरेका छन् ।