पशुसेवा विभागको महानिर्देशकमा दमयन्ती श्रेष्ठ

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतको पशुसेवा विभागको महानिर्देशकमा डा.दमयन्ती श्रेष्ठलाई नियुत्ती गरेकी छिन् । लामो समयदेखी पशुसेवा क्षेत्रमा कार्यरत श्रेष्ठ पशुसेवा विभागको इतिहासमै पहिलो महिला महानिर्देशक हुन ।
भारतको गुजरात कृषि विश्वविद्यालय आनन्द भेटेरिनरी कलेजबाट बि भि एस्सी एण्ड ए एच मा गोल्डमेडल हासिल गरेकी श्रेष्ठ २०४६साल देखी नेपाल सरकारको सेवा प्रवेश गरेकी हुन् ।
नवनियुक्त महानिर्देक श्रेष्ठले आजै पशुसेवा विभागमा आफ्नो पदवहाली समेत गरेकी छिन् ।