भेटेरिनरी काउन्सिलको उपाध्यक्षमा डा. स्वयंप्रकाश श्रेष्ठ र डा. सुविर सिंह निर्वाचित

काठमाडाैं । नेपाल पशु चिकित्सा परिषद् (भेटेरिनरी काउन्सिल) को उपाध्यक्ष पदमा डा. स्वयंप्रकाश श्रेष्ठ र सुविर सिंह विजयी भएका छन् । परिषद्को शनिबार भएको निर्वाचनमा २ उपाध्यक्ष पदका लागि ५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उम्मेद्बारी दिएका मध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल सरकारका सहसचिव डा. विमल कुमार निर्मलसमेत पराजित भएका छन् । त्यस्तै, उपाध्यक्षमा प्रतिस्पर्धा गरेका डा. एगेन्द्र श्रेष्ठ र डा. नविन उपाध्याय पराजित भएका छन् । सहसचिव डा. निर्मलले भने सरकारी सेवामा अब ६ महिना मात्रै पदावधि बाँकी रहेकाे भन्दै काउन्सिलमै रहेर अाफ्नाे अनुभव र क्षमताअनुसार पशु चिकित्सा क्षेत्रकाे सुधार गर्ने बताउँदै अाएका थिए ।

त्यस्तै, सदस्यमा डा. नरेश प्रसाद जोशी, डा. सुजन राना, डा. मनोजकुमार शाही, डा. सिजर्ना मानन्धर र डा. सुवास श्रेष्ठ विजयी भएका छन् । ५ जना सदस्य पदका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेद्वारी दिएका थिए ।

विजयी हुनेहरुको सपथ ग्रहण र पदबहाली १० माघमा हुने परिषद्का रजिष्ट्रार डा. नारायण घिमिरेले भेट खबरलाई जानकारी दिए । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को व्यवस्था अनुसार २ जना उपाध्यक्ष र ५ जना सदस्य छनोटका लागि निर्वाचन भएको हो ।

परिषद्को अध्यक्ष र रजिष्ट्रार सरकारले नियुक्त गर्ने र २ जना सदस्य सरकारले मनोनित गर्ने व्यवस्था छ । अध्यक्ष, रजिष्ट्रार र मनाेनित सदस्य मध्ये १ सदस्यकाे पद १६ जेठसम्म छ । यसअघि परिषद्मा मनाेनित सदस्यका रूपमा रहेका डा. स्वयंप्रकाश श्रेष्ठले भने पदावधि छँदै राजीनामा दिएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरी विजयी समेत भएका हुन् ।

सरकारको सल्लाहाकारको रुपमा रहेको काउन्सिलको हरेक ४–४ वर्षमा नयाँ निर्वाचन गर्नुपर्ने ऐनमा भएको व्यवस्था अनुसार परिषद्ले उक्त मितिमा निर्वाचत गरेको हो ।

काठमाडौंको आर्मी अफिसर्स क्लबमा शनिबार बिहान ९ बजेदेखि निर्वाचन कार्यक्रम शुरु भएको थियो । मतदान भने दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म गरिएको थियो । अपरान्ह ४ बजेपछि सुरु भएको मतगणना राती ८ बजे सकिएको थियो । निर्वाचनमा देशका दर्तावाल पशुचिकित्सकको सहभागिता रहेको थियो ।

र, याे पनि पढ्नुहाेस् :

भेटेरिनरी काउन्सिलको उपाध्यक्षमा कसले मार्ला बाजी ?

http://भेटेरिनरी काउन्सिलको उपाध्यक्षमा कसले मार्ला बाजी ?