छाडा साँढेमाथि खुकुरी प्रहार

रुपेन्देही । रुपेन्देहीको तिलोत्तोमा नगरपालिका शंकरपुरमा खुकुरी प्रहारबाट एउटा छाडा साँढे घाइते भएको छ । दुई दिनदेखि घाइते भएर सडकमा भौतारिरहेको उक्त साँढेमाथि कसले र कहिले खुकुरी प्रहार गर्याे भन्ने पत्ता लागेको छैन । घाइते साँढेलाई नियन्त्रण लिएर उपचार गर्न खाजिए पनि नियन्त्रणमा लिन नसकिएको आइकोनिक युथ फर एनिमलका उपाध्यक्ष राजन गौडेलले बताए ।

‘खुकुरी हानेको खबर आएपछि हामीले र कामधेनु गौशलाले उद्दार गर्न खोज्यौँ,’ उनले भने, ‘तर गोरुलाई नियन्त्रणमा लिन नै सकिएन ।’ लगातार ४ घण्टासम्म पनि समात्ने प्रयास गर्दा पनि नसकिएको उनले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय र नगरपालिकालाई खबर गरेको समेत उनले बताए ।

‘दुबैसँग स्रोत साधनको अभाव भएका कारण नियन्त्रणमा लिन नकिएको छैन,’ उनले भने । सुई लगाउने गन मगाएको भए पनि भोलि मात्रै आइपुग्ने भएकाले आज दिनभर त्यसको निगरानी गर्ने उनले बताए । गोरुलाई कसैले नजिस्काउन पनि उनले आग्रह गरे ।

गन आएपछि मात्र त्यसलाई नियन्त्रणमा लिएर उचार गर्न सकिने उनले बताए । छाडा कुकुर व्यवस्थापनमा काम गर्दै आएको आइकोनिक एनिमलले छाडा पशुबारे कामधेनु गौशलालाई जानकारी दिएर उद्दार गर्दै आएको छ ।