दुध,अण्डा र मासुमा आत्मनिर्भर छौँ : महानिर्देशक वंशी

काठमाडौं ।  पशु सेवा विभागका महानिर्देशक डा.वंशी शर्माले नेपाल दुध, अण्डा र मासुमा आत्मनिर्भर रहेको बताएका छन् । पशुसेवा विभाग स्थापना दिवस एवं कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, किसानले बजार नपाएर दुध पोखिरहेको अवस्था छ । त्यसको अर्थ आत्मनिर्भर हुनु हो ।  विभागको आर्थिक वर्ष २०७६/०७७ को तथ्याङ्कले पनि नेपालमा वर्षर्नी २५ लाख ९४ हजार मेट्रिक टन दुध न्युन तम आवश्यक्ता रहेकोमा २३ लाख ०१ मेट्रिक टन दुध उत्पादन भएकाे छ । ।

त्यस्तै ३ लाख ७९ हजार मेट्रिक टन मासु आवश्यक्ता रहेकोमा ५ लाख ४८ हजार मेट्रिक टन उत्पादन भएका देखाएको छ । न्युनतम वर्षेनी एक अर्ब ३५ करोड गोडा अण्डा आवश्यक्ता रहेकोमा एक अर्ब ६१ करोड गोटा अण्डा उत्पादन भएको देखाएको छ।

खसीकाे मासुमा पनि नेपाल आत्मनिर्भर हुर्दै गएको छ । यस वर्षको दशैमा २५ वटा मात्र विदेशी खसी आएका छन् ।
आधुनिक पशु पालन व्यवसायको पृष्ठभूमिमा श्री ३ जंग बहाजदुर राणा भुल्नै नहुने नाम हो उनले भने, राणाले वि.स १९०७ सालमा बेलायत भ्रमणबाट फर्किदा जर्सी गाई, साढे र क्लोभर घासको बीउ नेपालभित्र्याएसँगै नेपालमा आधुनिक पशु पालनको विस्तार भएको विश्वास गरिन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वर्षेनी छुट्याउने गरेको बजेट यस क्षेत्रका लागि निकै न्युन रहेको पनि उनले जीकिर गरे ।

पशुपन्छीको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी गरिवी निवारण तथा खाद्य सुरक्षामा सहयोग पुर्याउनु नै पशुसेवा विभागको मुख्य उद्देश्य रेहेको उनको भनाई छ ।

पशुसेवासँग सम्बन्धित ऐन नियमावली आदेशहरु कार्यन्वयनको काम फितलो रहेकाले यसलाई सम्बन्धित सबैले सुधार गर्नुपर्ने उनको भनाई छ ।

विभागले हाल १४ किसिमका खोपहरु आफैले उत्पादन गर्ने गरेको र रेविज विरुद्धको खोपमा पनि विस्तारै आत्मनिर्भर हुदैँ गएको उनले बताए ।

त्यस्तै, कार्यक्रमको प्रमुख अथिति रहेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्कीले पूर्व महानिर्देशक तथा उत्कृष्ट काम गर्ने केही कर्मचारीलाई सम्मानपत्र वितरण गरेका थिए ।

स्थापना दिवसको अवसरमा विभागले विभिन्न सात विधामा ९८ जनालाई सम्मान पनि गरेको छ । वि.स २०७२ साल पौष ९ गते नेपाल सरकारले पशुपन्छी विकास मन्त्रालयको स्थापना गरेसँगै पशु सेवा विभाग स्थापना दिवस मनाउन थालिएकोे हो ।