रत्ननगर उद्योग वाणिज्य संघ सदस्यमा पोल्ट्री व्यवसायी बिसुराल भारी मतले विजयी

चितवन । चितवनको रत्ननगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा नेकपा निकटका व्यवसायी शंकर गिरी विजयी भएका छन् । त्यस्तै, सबैभन्दा बढी मतका साथ कान्छो सदस्यको रुपमा अनुप बिसुराल निर्वाचित भएका छन् ।

संघका १ हजार ३२५ मतदाता मध्ये १ हजार १९१ मत खस्दा विसुरालले ६ सय ४५ मत प्राप्त गरेका छन् । बिसुराल पनि नेकपा प्यानलका हुन् । निर्वाचित सदस्यहरु मध्ये सबैभन्दा कान्छो विसुराल हाल २६ वर्षका छन् ।

उनी संघका पूर्व अध्यक्ष ज्ञानबहादुर बिसुरालका छोरा हुन् । शिखर पोल्ट्री फार्म सञ्चालन गर्दै आएका बिसुरालले सानै उमेरमा ठूलो लगानीको व्यवसायलाई नेतृत्व गरिरहेका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै बिसुरालले युवालाई आर्थिक विकासका कार्यमा प्रोत्साहन गर्नतर्फ आफू केन्द्रीत हुने प्रतिवद्धता व्यक्त गरेका छन् । रोजगारीकै लागि विदेशिनु पर्ने युवाको बाध्यतालाई हटाउने गरी देशमा आर्थिक विकासका क्रियाकलापलाई तीव्रता दिने प्रयासमा आफू लाग्ने उनले बताएका छन् । साथै पूर्वी चितवनमा रहेका बजार व्यवस्थि तगर्ने, व्यवसायीलाई एकताबद्ध गराउने जस्ता कार्यमा समेत आफू सक्रिय रहने उनले बताए ।

मंसिर २८ र २९ गते भएको २१ औं साधारणसभा तथा नबौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित पदाधिकारीको पदस्थापन बुधबार हुँदैछ ।