रुपन्देही । कस्तुरीको विना अवैधरुपमा ओसार पसारमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
रुपन्देहीको देवदह नगरपालिका– १० भलुहीबाट एकथान कस्तुरीको विनासहित तीनजना पक्राउ परेका रुपन्देही प्रहरीले जनाकारी दिएको छ ।
उनीहरुको साथबाट खैरो रौंसहितको कस्तुरी फेला परेको र त्यसको तौल ६१.४० ग्राम रहेका प्रहरीले रुपन्देही प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जनाकारी दिए ।
भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपालिका–२ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका–६ का रमेश विक र बुटवल–११ बस्ने दीपक विश्वकर्मा पक्राउ परेका हुन् ।