लागु औषध काराेबार गर्ने एग्राेभेट सञ्चालक पक्राउ

केशव चापागाईं ।

बिर्तामोड । झापाकाे विर्तामाेड स्थित एक एग्राेभेट पसलका सञ्चालक लागु औषध काराेबार गरेकाे अभियाेगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विर्तामाेडकाे त्रिवेणी टोलमा सञ्चालित गोपाल एग्रोभेट्सका सञ्चालक गाेपाल गाैतम रहेका छन् ।

विशेष सुराकीका आधारमा गएकाे प्रहरी टाेलीले २२ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित गाैतमलाई पसलबाट पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए ।

कोरोना महामारीका कारण सबै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि औषधि पसल र भेटेनरी पसल भने खुला रहेका छन् । सरकारले पछिल्ला समय भेटेरिनरी क्षेत्रलार्इ पनि अावश्यक सेवाकाे सूचीमा राखेकाे थियाे । पसल खुल्ला हुन पाउने सुविधाकाे दुरूपयाेग गर्दै उक्त एग्राेभेटले भने लागु औषध काराेबार गरेकाे फेला परेकाे हाे ।

पक्राउ परेका गाैतममाथि अावश्यक कारवाही अघि बढाइएकाे डिएसपी रिजालले बताए ।