प्रशान्त महासागरमा ५ हजार ८ सय गाई र ४३ यात्रुसहित हराएको पानीजहाज भेटियो

टोकियो । मायासाक आँधीको समयमा ४३ यात्रुसहित प्रशान्त महासागरमा हराएको पानी जहाज भेटिएको छ ।

जापानी तटरक्षक अधिकारीहरुका अनुसार उक्त जहाज बुधबार बिहानदेखि नै हराएको थियो । अधिकारीहरुका अनुसार अमामी ओशिमा टापुबाट १८५ किलामिटर पश्चिमतर्फ गएपछि संकट उत्पन्न भएको संकेत देखाइएको थियो ।

ओकिनावा र क्युसुको बीच भागमा पर्ने जापानी टापुको त्यस क्षेत्रमा आँधी आएको थियो । अधिकारीहरुका अनुसार आधा दिन भन्दा धेरै पानीमै रहेपछि जहाज र यात्रुहरु सकुशल भेटिएका थिए ।

पानामाको झण्डासहितको उक्त जहाज अगस्ट १७ मा ५ हजार ८ सय भन्दा धेरै गाईहरुको ढुवानी सहित न्युजिल्याण्डबाट छुटेको थियो । जापानी मौसम विज्ञान एजेन्सीका अनुसार त्यस क्षेत्रमा आएको आँधी पछिल्लो ७० वर्षको अवधिमा तेस्रो ठूलो थियो । उता न्युजिल्याण्डमा पशु अधिकारकर्मीहरुले जिउँदा पशुको ढुवानी तथा निर्यात गर्न नहुने भन्दै विरोध जनाएका छन् । –एजेन्सी