कुकुरलाई भिरबाट खसालेको भिडियो बनाएर टिकटकमा पोस्ट गर्ने पक्राउ

पोखरा । कुकुरलाई भिरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले एकजानालाई पक्राउ गरेको छ ।

कास्कीकाे माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लालचोकमा बिहीबार साँझ बैचरको भिरबाट कुकुरलार्इ खसालेर सामाजिक सञ्जाल टिकटकमा भिडियोसमेत राखेको आरोपमा कास्की प्रहरीले सोही गाउँपालिकाका सुवास नेपालीलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि नेपालीलगायत घटनामा संलग्नहलाई कारबाहीका लागि पशु कल्याण संघ नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री जीवन कुमार श्रेष्ठले घटनालाई गम्भिरताका साथ लिएर अनुसन्धानको काम भइरहेको र दोषीलाई कानुनअनुसार कारबाही गरिने बताए ।

उजुरीसहित